अमरेशलाई आरजुले दायर गरेको मुद्दामा अदालतले माग्यो अडियो–भिडियो
काठमाडौं । जिल्ला अदालत काठमाडौंले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई गाली बेइज्जती गरेको मुद्दामा अडियो–भिडियो मगाउन आदेश दिएको छ ।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई गाली बेइज्जती गरेको भनि आरजुले गएको फागुन १५ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा फैसला सुनाउनुअघि अदालतले अडियो–भिडियो माग गरेको हो ।
यसअघि अदालतले डा. सिंहलाई उक्त आरोपबारे अडियो–भिडियो सुनेर स्पष्टिकरण पेश गर्न भनेको थियो ।
सिंहले स्पष्टिकरण पेश गरेपछि सोमबार जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले गाली बेइज्जती आरोपको अडियो–भिडियोमाथि जाँच गरी निर्णय सुनाउन आदेश दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्