सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउने गृहमन्त्री लेखकको घोषणा
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपाल को कानूनमा समावेश हुने बताएका छन् । बुधवार काठमाडौंस्थित शसस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले केही दिनमा लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानूनमा समावेश घोषणा गरे ।
उनले सम्पूर्ण अधिकृतदेखि जवानहरु समेतको आवाजलाई समेटेर कानूनको तर्जुमा गरिएको उल्लेख गरे । आफू गृहमन्त्री बनिसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानूनी स्थिरतामार्फत थप प्रभावकारी, व्यवसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्नेकुरामा जोड दिइरहेको उनको दाबी छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताए ।
सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई संगठनले प्राथमिकतामा राखि कार्य सञ्चालन गरिरहेको बताए । हालसम्म नेपालले मर्मत गर्नुपर्ने २ हजार ३०८ वटा सीमा स्तम्भहरुको मर्मत तथा रंगरोदन सम्पन्न गरिसकेको दाबी गरे ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १एकै ठाउँमा ७ गाडी दुर्घटनाः २७ घाइतेको उद्धार, २ को अवस्था गम्भीर
- २मलाई जसरी पनि पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छः ओली
- ३रुपन्देही–२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
- ४एनपीएल–२ः पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित
- ५महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अघि बढ्छः गगन थापा



तपाईको कमेन्ट लेख्नुहोस्