पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासत राख्न अदालतको अनुमति
काठमाडौं । कोशी प्रदेशका तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
पैसा असुलेर युवाहरूलाई जापान पुर्याउने प्रयास गरेर मानव तस्करी गरेको आरोप लागेका उनलाई काठमाडौं जिल्ला अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
पूर्वमन्त्री अधिकारीलाई आइतबार पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याइएको थियो । ल्याएर अदालत पेस गरिएका उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद पाएको हो ।
जापान काण्डमा मुछिएपछि अधिकारीले मन्त्रीबाट राजीनामा दिएका थिए । एमालेले पनि उनलाई निलम्बन गरिसकेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पूर्वमन्त्री अधिकारी
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्