Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासत राख्‍न अदालतको अनुमति


काठमाडौं । कोशी प्रदेशका तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

पैसा असुलेर युवाहरूलाई जापान पुर्या‍उने प्रयास गरेर मानव तस्करी गरेको आरोप लागेका उनलाई काठमाडौं जिल्ला अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पूर्वमन्त्री अधिकारीलाई आइतबार पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याइएको थियो । ल्याएर अदालत पेस गरिएका उनलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद पाएको हो ।

जापान काण्डमा मुछिएपछि अधिकारीले मन्त्रीबाट राजीनामा दिएका थिए । एमालेले पनि उनलाई निलम्बन गरिसकेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पूर्वमन्त्री अधिकारी

तपाईको कमेन्ट लेख्नुहोस्