रवि लामिछाने थप १३ दिन थुनामै रहने
	
				
			काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथी थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।
पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद पनि सकिएपछि रविलाई अदालतमा उपस्थित गराएको हो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रवि लामिछाने, #सहकारीको रकम अपचलन
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्