एक दिनको मात्रै एआईजीमा किरण राणा, मध्यरातमा लगाइयो फुली
काठमाडौं । सरकारले मंगलबार साँझमात्रै एआईजीमा बढुवा गरेका दुई प्रहरी अधिकृतलाई मध्यरातमै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
मंगलबार साँझको क्याविनेटले डीआईजी किरण राणा र सुन्दरप्रसाद हैजुलाई बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरू दुवैजनालाई आईजीपी वसन्त बहादुर कुँवरले मंगलबार राति नै प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
एआईजी राणा आज एक दिनमात्रै जिम्मेवारी सम्हालेर आजै रातिबाट अवकाशमा जाँदै छिन् ।
सिनियरद्वय डीआईजी बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई बाइपास गर्दै अवकाशको संघारमा पुगेकी जुनियर राणालाई बढुवा गरेको भन्दै गृहमन्त्री र सरकारको आलोचना भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एआईजीमा बढुवा, #डीआईजी किरण राणा, #दुई प्रहरी अधिकृत
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्