संघीयताको मर्मअनुसार चलाउन नसके प्रदेश खारेज गर्न पुनको माग
रुपन्देही । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संघीयताको मर्म र भावना अनुसार नबढ्ने हो भने संघीयता खारेज गरेर जानुको विकल्प नभएको बताएका छन् । सबै दलका संरचना प्रदेशको बन्ने तर सबै अधिकार केन्द्रबाट परिचालन गरेपछि प्रदेशको संरचना कमजोर भएको बताउँदै यो अवस्थामा राखेर संघीयता बलियो हुनै नसक्ने बताए ।
नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति पुनले संघीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा संघीयताको औचित्यमाथि प्रश्न उठ्न थालेको बताए । सभापति पुनले राजनीतिक नेतृत्व कर्मचारी प्रशासनमा रहेको केन्द्रीकृत मानसिकताका कारण जनताले संघीयताको अनुभूति गर्न नपाएको धारणा राखे ।
उनले प्रदेश सरकारका मन्त्री छनोट पनि केन्द्रबाटै गर्ने हो भने संघीयताको कुनै अर्थ नहुने बताए । प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा सरकारले काम गर्न नसकेको भन्दै उनले प्रदेशलाई अधिकार सम्पन्न गराउनुको सट्टा अंकुश लगाउने काम भएको बताए ।
नेता पुनले सहकारी अपचलन मुद्दामा आरोप लागेका सबै दलका मान्छेलाई तत्काल छानविनको दायरामा ल्याउन माग गरे । पुनले लुम्बिनी प्रदेश सभाबाट सर्वसम्मत पास भएको विद्येयक फिर्ता गरेर प्रदेश प्रमुखले गलत अभ्यास गरेको बताउँदै यसो गर्नु अगावै मुख्यमन्त्री,सभामुख तथा संसदीय दलका नेतालाई राखेर छलफल गर्नुपर्ने जनाएका हुन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्