कास्कीमा ७ दिन म्याद थपिएकै दिन रविलाई पक्राउ गर्न रुपन्देही अदालतले पनि दियो अनुमति
कास्की । जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएकै दिन रुपन्देही जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउको अनुमति दिएको छ ।
जिल्ला अदालत रुपन्देहीले बिहीवार लामिछानेसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको छ ।
यो अनुमतिसँगै अब लामिछानेमाथि रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ । उक्त सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
अहिले लामिछाने कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । आज दोस्रो पटक उनीमाथिअनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ । यसअघि पहिलो पटक ६ दिन म्याद थप भएको थियो ।

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अनुसन्धान गर्न म्याद, #जिल्ला अदालत, #रुपन्देही जिल्ला अदालत
ताजा खबर
- १समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- २कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल
- ३राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः उपसंयोजक नेपाल
- ४नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन
- ५प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला



तपाईको कमेन्ट लेख्नुहोस्