कास्कीमा ७ दिन म्याद थपिएकै दिन रविलाई पक्राउ गर्न रुपन्देही अदालतले पनि दियो अनुमति
कास्की । जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएकै दिन रुपन्देही जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउको अनुमति दिएको छ ।
जिल्ला अदालत रुपन्देहीले बिहीवार लामिछानेसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको छ ।
यो अनुमतिसँगै अब लामिछानेमाथि रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ । उक्त सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
अहिले लामिछाने कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । आज दोस्रो पटक उनीमाथिअनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ । यसअघि पहिलो पटक ६ दिन म्याद थप भएको थियो ।

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अनुसन्धान गर्न म्याद, #जिल्ला अदालत, #रुपन्देही जिल्ला अदालत
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्