लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् ।
बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका छन् ।
शपथ लिएकामध्ये तिमिल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुन् । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जना गरी मन्त्रीको संख्या ११ पुगेको छ ।
प्रदेशमा १२ मन्त्रालय छन् । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । यो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हालेका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । सोही आधारमा नवनियुक्त मन्त्रीको शपथ गरिएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कृष्णबहादुर घर्ती, #जन्मजय तिमिल्सीना, #लुम्बिनी प्रदेश सरकार
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्