प्रधानमन्त्री निवासमा सत्तारुढ दलहरूको बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको एक सय दिनको समिक्षा गरिदैछ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी छन् ।बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
अहिले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा सत्तारुढ दलहरूभित्र मतभिन्नता छ । सो विषयमा पनि छलफल हुने सक्ने छ । यद्दपि प्रधानमन्त्री ओलीले अहिले अध्यादेश ल्याउने सरकारको तयारी नभएको बताएका थिए ।
त्यस्तै संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन र त्यसपछि उत्पन्न भएका राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दलहरूको बैठक, #प्रधानमन्त्री निवास
ताजा खबर
- १मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- २मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान
- ३जहरसिंह पौवा दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
- ४जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
- ५कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन



तपाईको कमेन्ट लेख्नुहोस्