जग्गादानबारे असहमति राख्ने विन्दा पाण्डेसहितलाई एमालेले स्पष्टीकरण सोध्ने
काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ ।
पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिएका हुन् ।
जग्गादानको विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण नरहेको एमालेले स्पष्ट पारेको छ । महासचिव पोखरेलले भूकम्पबाट पार्टीको कार्यालय क्षतिग्रस्त भएको अवस्थामा कुनै व्यक्तिले सहयोग गर्छु भनेमा त्यो अन्यथा नहुने बताए ।
यसलाई कानूनी प्रक्रियाबाट सम्वोधन गरिने पनि उनको भनाइ छ । ‘उहाँले दान गर्ने कुरा गर्नुभएको छ । दानको प्रक्रियामा रहेकाले यसलाई हामी कानूनी प्रक्रियाद्वारा समाधान गछौं’, पोखरेलले पत्रकासँग भने ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमालेले पार्टी कार्यालय, #एमालेले स्पष्टीकरण सोध्ने
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्