सडकमा हिड्दा हिड्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो । शिवाकोटीले भने ‘म बाटोमा हिँड्दै थिए । बालुवाटार तीन नम्बर गेट अगाडि तीन चार जना महिलाहरू प्रदर्शन गर्दै हुनुहुन्थ्यो ।
निर्मला कुर्मी न्यायिक आन्दोलनमा रहेका रूबी खान लगायत ४ जना महिलाहरु र एकजना भिडियो खिच्दै थिए । त्यो भिडियो खिच्ने मेरो आफ्नै भाइ विजयबाबु शिवाकोटी रहेछ। म ओर्लेर उसलाई हेर्दा के गरेको भन्न जाँदाखेरि पुलिसले सबैलाई समात्यो । अनि पुलिसले मलाई पनि समात्यो’ । ‘मैले मेरो परिचय दिँदा पनि मलाई आन्दोलनकारी सम्झेर समात्यो । मैले मेरो परिचय दिए तर पुलिसले छाडेन । पकडेर उनीहरुसहित मलाई पनि मालीगाउँ लग्यो ।’ उनले भने ।
पक्राउ गरेलगत्तै प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर हस्पिटल ल्याएको समेत उनले बताए । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका शिवाकोटीले भने, ‘मैले परिचय दिएर फोटो खिच्दाखेरि पनि मेरो मोबाइल तानेर फोटो डिलिट गरियो । ममाथि धरपकड गरिएको छ ।’ शिवाकोटीसहित अधिकारकर्मीहरू रुबी खान सहितका अधिकारकर्मीहरू पनि पक्राउ परेका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १चैत १९ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
- २ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
- ३पूर्णबहादुर खड्काले भने– संसद् भित्र तपाईं, बाहिर हामी सँगसँगै छौं
- ४रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
- ५कांग्रेसमा छुट्टै भेलाबारे शेखरले भने–पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छन्



तपाईको कमेन्ट लेख्नुहोस्