उपत्यकामा मेलम्चीको पानी त आयो तर, एक दिन बिराएर बाँड्न निर्देशन !
काठमाडौँ । काठमाडौँ उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण शुरु गरिएको छ । मंगलवार मेलम्चीबाट काठमाडौँ पथान्तरण गरिएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा वितरण गर्दै खानेपानीमन्त्री प्रदीप यावदले एक दिन बिराएर पानी पठाउन निर्देशन दिएका छन् ।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखाबाट वितरण शुरु भएको छ । स्थानीयहरुसँगको वार्तापछि मन्त्री यादवले पानी अब अर्को वर्षातको समयसम्मै वितरण हुने र स्थानीयका मागहरु दशैँपछि सम्बोधन गरिने बताए ।
गत वर्षको वर्षातसँगै मेलम्ची खानेपानीको मुहानमा हुने क्षतिलाई मध्यनजर गरी पानी पथान्तरण रोकिएको थियो । यस वर्ष दशैँअगाडि नै पानी पथान्तरण शुरु गरिएको हो । उनले केयुकेएलले दुई दिन बिराएर पानी वितरण गर्ने भने पनि अहिले मानिसको चाप कम रहेकाले एक दिन बिराएरै पानी वितरण गर्न आग्रह गरेको बताए ।
उनले वर्षातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि आजबाट उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको बताए । उनले तत्काल मेलम्चीबाट १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौँ उपत्यकामा आउने जनाएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौं उपत्यका, #पानी वितरण शुरु, #मेलम्चीबाट काठमाडौँ
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्