अपराजित रहँदै कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्वीजले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको हो ।
पहिलो सेट १७–२५ र दोस्रो सेट २०–२५ ले गुमाएको ललितपुरले पुनरागमन गर्दै तेस्रो र चौथो सेटमा जित निकालेको थियो । उसले तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।
निकै प्रतिस्पर्धात्मक पाँचौं सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले उपाधि रक्षा गर्यो ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेस सांसद कृष्णबहादुर रोकाय बने विधायन व्यवस्थापन समितिको सभापति
- २सरकारले भन्यो-जोरबिजोर प्रणाली लागू हुन सक्छ
- ३राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
- ४पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
- ५मन्त्रिपरिषदको वरीयता हेरफेरः पाँचौमा झरे सुधन, आठौंमा उक्लिइन् सीता वादी



तपाईको कमेन्ट लेख्नुहोस्