एक लाख धरौटीमा छुटे दुर्गा प्रसाईं, समर्थकले गरे स्वागत

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलाशले प्रसाईंलाई मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या हुनेगरी सार्वजनिक अभिव्यक्ति दिएपछि साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो ।
अदालतको आदेशसँगै प्रसाईं मंगलबार नै धरौटी बुझाएर रिहा भएका छन् । प्रसाईंको मुद्दामा काठमाडौं जिल्ला अदालतमा सुनुवाइ भइरहँदा बाहिर सयौँ समर्थक कुरेर बसेका थिए । अदालतमा धरौटी बुझाएर रिहा भएपछि उनले समर्थकलाई माइतीघर मण्डलमा सम्बोधन गरेका थिए । प्रसाईंलाई समर्थकले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए ।
प्रसाईंविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको थियो ।
प्रसाईविरुद्ध सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको थियो भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो । यी मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो । तर ती दुवै मुद्दामा सुनुवाइ गर्दै अदालतले उनलाई धरौटीमा छाडेको हो । प्रसाईंलाई यही असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #धरौटीमा छाड्न, #मेडिकल ब्यवसायी दुर्गा प्रसाईं
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्