खानेपानी महसुल वृद्धिको निर्णयबाट पछि हटे धरानका मेयर हर्क
काठमाडौं । खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो ।
वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको हो । यो सहमतिसँगै तीन सातादेखि आन्दोलनमा उत्रिएका दल र स्थानीय उपभोक्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
वार्तामा भएको सहमति आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदैछ । वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, खानेपानी बोर्डको पूर्णता बारे उच्च अदालतको फैसला मान्ने र सात दिन भित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।
आइतबार दिउँसो साढे २ बजेदेखि सुरु भएको वार्ता राति अबरेसम्म चलेको थियो । उपमहानगरपालिका कार्यालयभित्र वार्ता भइरहेका बेला बाहिर आन्दोलनरत उपभोक्ता र दलका प्रतिनिधिहरुले धर्ना दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #खानेपानी महसुल वृद्धि, #महसुल वृद्धि
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्