विश्वप्रकाश शर्मा भन्छन् भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणको अनुसन्धान अघि बढाउनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणको फाइल कानून अनुसार खोल्नुपर्ने बताएका छन् ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंले गरेको कार्यक्रममा उनले एमालेसँग सात बुँदे सहमति भए पनि विमतिमा प्रश्न उठाउन नछाड्ने बताएका हुन् ।
महामन्त्री शर्माले जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानून अनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनुपर्ने बताए ।
उनले सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्ने र यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन, कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नुनहुँने दाबी गरे ।
उनले एमालेसँग मिलेपछि आफू र अर्का महामन्त्री गगन थापामाथि प्रश्न उठाएपछि थप जिम्मेवार बनाएको अनुभूति भएको बताए । उनले यी प्रकरणहरुको विषयमा सदनमा बोल्ने पालो आएपछि यही कुरा राख्ने समेत बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गिरीबन्धु टी–इस्टेट, #भुटानी शरणार्थी, #विश्वप्रकाश शर्मा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्