राज्यमन्त्री माग्दै प्रधानमन्त्री ओलीलाई रञ्जिताको पत्र
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसदलाई राज्यमन्त्री बनाउन माग गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठले पत्र पठाएकी छन् । सबैतिरबाट एक्लिदै गएकी अध्यक्ष श्रेष्ठले राज्यमन्त्री बनाउन पत्र लेखेकी हुन ।
अध्यक्ष रन्जिता श्रेष्ठले सांसद अरुण चौधरीलाई ओली नेतृत्वको सरकारको राज्यमन्त्रीमा सिफारिस गरेकी छन् । तर, अहिलेसम्म प्रधानमन्त्री ओलीले साना दलहरूलाई कति स्थान दिने भन्ने विषय टुङ्गो लागेको छैन ।
प्रतिनिधि सभामा चार सिट रहेको नाउपाले मन्त्री पाउने सम्भावना क्षीण रहेपछि अध्यक्ष रन्जिताले अरुणलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् । अरुण मन्त्रीका आकाङ्क्षी हुन् ।
केही समय अघिसम्म रन्जिता निकट रहेका अरुण अहिले रेशम निकट भएका छन् । उनले क्याम्प फेरेपछि संसदीय दलको नेतामा पनि रेशम निकटका गङ्गा चौधरी चुनिए । अहिले रन्जिताले नै उनलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ञ्जिता श्रेष्ठ, #नागरिक उन्मुक्ति पार्टी, #रञ्जिता श्रेष्ठ
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्