एक बर्षमा १६ खर्ब रुपैया बराबरको वस्तु आयात, डेढ खर्ब रुपैयाको बस्तु निर्यात
काठमाडौं । आर्थिक वर्ष ०८०–८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । सोही अवधिमा १ खर्ब ५२ अर्ब ३८ करोड रूपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
आर्थिक वर्ष ०७९-०८० मा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । सोही अवधिमा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आयात १.१६ प्रतिशत र निर्यात ३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष विभिन्न मुलुकबाट सामान आयात गरेबापत ४ खर्ब २० अर्ब १६ करोड ८२ लाख रुपैयाँ राजस्व उठेको छ । सबैभन्दा बढी पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरिएको विभागको तथ्यांक छ ।
एक वर्षमा १ खर्ब ४३ अर्ब ९७ करोड रुपैयाँको पेट्रोल आयात गरिएको छ । निर्यात हुने वस्तुमा गलैंचा, अलैंची, फलामजन्य वस्तु, मिश्रित जुस छन् । एक वर्षमा १० अर्ब ५७ करोड रुपैयाँ बराबरको गलैंचा र ७ अर्ब ९३ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको विभागको तथ्यांक छ ।
नेपालमा ६ अर्बको बासमती चामल आयात भएको छ । यस्तै एक वर्षको अवधिमा कुल ४५ अर्ब बराबरको खाद्यान्न आयात भएको छ । एक वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०–०८१ मा ४८ हजार मेट्रिक टन बासमती चामलसहित कुल ४५ अर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #भन्सार विभाग, #वस्तु आयात
ताजा खबर
- १रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- २बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ३नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ४पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ५सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत



तपाईको कमेन्ट लेख्नुहोस्