११ महिनामा रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार पुगेको छ । चालु आर्थिक बर्ष २०८०–८१ को साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ८२ हजार ३८६ जना नेपाली गएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।
जेठमा मात्र ७२ हजार ६ सय ८१ जना रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागले जनाएको छ । जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । गत वैशाखमा ७० हजार व्यक्ति रोजगारीको खोजीमा विदेश गएका थिए ।
गत आर्थिक वर्ष २०७९-८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो । चैतयता प्रत्येक महिना ७० हजार हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विभागको तथ्याङ्क छ ।
साउनसम्म वैदेशिक रोजगारीमा जानेको संख्या साढे सात लाख पुग्ने देखिन्छ । रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक बनेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म यूएई पहिलो श्रम गन्तव्य बनेको छ । यूएईका लागि जेठसम्म १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका छन् ।
त्यस्तै जेठसम्म ८७ हजार जना मलेसिया गएका छन् । जेठमा मात्र यूएईमा २० हजार ४२४ जना गएका छन् । त्यस्तै मेलेसियामा ८ हजार ७५२ जना पुगेका छन् । कतारमा ११ हजार ९७३, साउदी अरबमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२ जना रोजगारीका लागि पुगेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चालु आर्थिक वर्ष, #वैदेशिक रोजगारी
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्