प्रतिनिधिसभा बैठक आज पनि, बजेटमा मन्त्रालयगत छलफल जारी रहने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ को मन्त्रालयगत शीर्षक माथिको छलफल जारी रहनेछ ।
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गत शीर्षकमा छलफल हुनेछ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव तथा ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सांसद रामहरि खतिवडा, डा. अमरेश कुमार सिंह, प्रेम सुवाल, मुक्ता कुमारी यादव, राजेन्द्र प्रसाद लिङ्देन, रोशन कार्की र श्यामकुमार घिमिरेले मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
क्याटेगोरी : जनगुनासो, जनप्रतिनिधि, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रतिनिधिसभाको बैठक, #मन्त्रालयगत शीर्षक
ताजा खबर
- १चैत १९ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
- २ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
- ३पूर्णबहादुर खड्काले भने– संसद् भित्र तपाईं, बाहिर हामी सँगसँगै छौं
- ४रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
- ५कांग्रेसमा छुट्टै भेलाबारे शेखरले भने–पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छन्



तपाईको कमेन्ट लेख्नुहोस्