भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने
काठमाडौं । तेस्रोपटक भरतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन् । मोदीले शनिबार शपथ लिँदैछन् ।
सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले फेरि प्रधानमन्त्री बन्न लागेका मोदीलाई बुधबार टेलिफोन गरेर बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
सन् २०१४ मा बिजेपीबाट एकल बहुमतको सरकार बनाएर शपथ गरेका बेला पनि मोदीले विदेशी सरकार तथा राष्ट्र प्रमुखलाई बोलाएका थिए । यसपटक पनि नेपालसहित अन्य छिमेकी मुलुकका प्रमुखहरूलाई निम्ता गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रामकुमारीको माग – जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ
- २२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन
- ३बालेन र सुधनलाई ऐन महरको चेतावनी- प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
- ४सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
- ५राष्ट्रिय सभामा दलले यसरी मिलाए भागबण्डा



तपाईको कमेन्ट लेख्नुहोस्