कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउपछि पक्ष विपक्षमा बहस

काठमाडौं । करिव दुई महिना सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने बिषयले राजनीति तात्यो । अहिले पनि नेपाली कांग्रेसले यहि बिषयलाई लिएर संसद अवरोध गरिरहँदा सत्ता पक्ष पेलेरै अघि बढ्नुपर्ने रणनिति अंगिकार गरेको छ । रविमाथि अनुसन्धान गर्न छानविन समिति बनाउनै पर्ने अडानबाट कांग्रेस टसको मस भएको छैन् । यो बिषय संसद र सडकमा चर्किएका बेला फेरि अर्को बिषयले राजनीति तातिएको छ । दोहोरो नागरिकता लिएको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि दलहरुमा समेत हलचल ल्याइदिएको छ ।
सत्तारुढ दलभित्रैका नेताहरुले पनि गृहमन्त्री लामिछानेले रिसिवी साध्न पक्राउ गरेको आरोप लगाइरहेका छन् । दोषी जो कोही भएपनि पक्राउ गर्नुपर्ने एकातिर एमाले माओवादी र रास्वपाका नेताहरुले बताइरहदा प्रमुख प्रतिपक्ष कांग्रेसले चर्को बिरोध गरेको छ । तर, सञ्चारकर्मी र सम्पादकहरुले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको प्रष्टीकरण दिएका छन् । सरकारको कुनै रिसीवी नभएको भन्दै अदालती प्रक्रियामा उहाँ निर्दोष भएर सजिलै छुट्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यक्ष सिरोहियामाथिको अनुसन्धान प्रेस स्वतन्त्रतामाथिको हनन नभएको भन्दै बिज्ञप्ती नै जारी गरेको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले सिरोहियालाई पक्राउ गरिएको भन्दै विधिको शासनलाई सरकारले ख्याल गरेको उल्लेख गरिएको छ । यो कुरालाई नेपाल मिडिया सोसाइटी मान्न तयार छैन् । सोसाइटीले सरकारले मिडियामाथि अधिनायकवादी तरिका अपनाएको र मिडियाको मुख बन्द गराउने खतरनाक प्रवृत्ति शुरु भएको उल्लेख छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले समेत टिप्पणी गरेको छ । बिज्ञप्ती मार्फत दूतावासले सांकेतिक रूपमा सिरोहियाको पक्राउप्रति असन्तुष्टि व्यक्त गरेको हो । मंगलबार आफ्नै कार्यकक्षबाट पक्राउ परेका सिरोहियालाई बुधबार विहान धनुषा पु¥याइएको थियो । उनलाई जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । नागरिकता कसुरमा पक्राउ परेका सिरोहियालाई जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिइएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गृहमन्त्री रवि लामिछाने, #नेपाली कांग्रेस
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्