हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रईसी र विदेशमन्त्रीको निधन
काठमाडौं । तेहरान टाइम्सका अनुसार हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । समाचारका अनुसार बाक्लो कुहिरोका कारण यो दुर्घटना भएको हो ।
दुर्घटनास्थल तेहरानबाट ६०० किलोमिटर टाढा छ। पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न ४० विभिन्न टोली खटाइएको छ। इरानको एक टिभी च्यानलका अनुसार बाक्लो कुहिरो र वर्षाका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
यता इरान इन्टरनेशनलका अनुसार हेलिकप्टर पूर्णरुपमा जलेको र कसैको बाँच्ने सम्भावना नरहेको जनाएको छ ।
इरानको प्रेस टिभीका अनुसार राहत तथा उद्धार कार्यमा संलग्न टोलीले सोमबार बिहान दुर्घटनास्थल पत्ता लगाएका थिए । दुर्घटनाअघि इरानी राष्ट्रपति राईसी र अजरबैजानका राष्ट्रपतिले दुई देशको सीमामा रहेको बाँधको उद्घाटन गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #इब्राहिम रईसी
ताजा खबर
- १रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- २बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ३नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ४पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ५सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत



तपाईको कमेन्ट लेख्नुहोस्