त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमनमा गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेका छन् । बुधबार प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका हुन् ।
गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थिए ।
मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशिलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युडी रोष्टर प्रणालीबारे चासो देखाएका थिए । उनले विदाई गर्न जानेका कारण विमानस्थल क्षेत्रमा बढेको घुइँचो न्यूनीकरणबारे पनि छलफल गरेका छन् ।
मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन निर्देशन दिएका हुन् । उनले विमानस्थललाई उच्चतम् प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिँदै त्यसतर्फ ध्यान दिइने पनि बताए ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अन्तर्राष्ट्रिय विमानस्थल, #गृहमन्त्री रवि लामिछाने
ताजा खबर
- १कांग्रेसले भन्यो–कार्की आयोगको प्रतिवेदन अपूर्ण
- २बालेनलाई प्रधानमन्त्री बन्न बाटो खुल्यो, रास्वपाले बनायो संसदीय दलको नेता
- ३कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह रहेको एमाले अध्यक्ष ओलीको टिप्पणी
- ४सरकारलाई प्रश्न सोधेर सहयोग गर्छौंः हर्क साम्पाङ
- ५रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड



तपाईको कमेन्ट लेख्नुहोस्