गृहमन्त्रीमाथि छानविन समितिबारे छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । कांग्रेसले संसदको घटनाक्रमबारे छलफल गर्न दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने तय गरेको हो ।
आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकाल्दै थप निर्णय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले सहरकी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरिरहेको छ । तर, सरकार तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् ।
सरकार छानबिन समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेको कांग्रेसले आरोप लगाएको छ । आजको बैठकमा समिति गठनको विषयलाई थप सशक्त बनाएर लैजाने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कांग्रेसले संसद
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्