मन्त्रिपरिषद्को बैठक आज, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ।
गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो । हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिएका थिए ।
सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम सरकारले ल्याउने छ । हिउँदे अधिवेशनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि छानबिन समिति बनाउनु पर्ने भन्दै संसद अवरोध गरिरहेको छ।
कांग्रेसले सहकारी प्रकरणमा छानबिन समिति बनाउनु पर्ने अडानले संसद प्रभावकारी रुपमा चल्न सकेको थिएन । कांग्रेसलाई मनाउने प्रयासमा सभामुख देवराज घिमिरेले पटक–पटक कांग्रेसका प्रमुख सचेतक र सचेतकसँग छलफल गरिसकेका छन् । तर, कांग्रेसले भने छानबिन समितिलाई बटम लाइन बनाएको छ । यसबाहेक आजको मन्त्रिपरिषद बैठकमा केही नियुक्ती हुन सक्ने जनाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानमन्त्री कार्यालय, #मन्त्रिपरिषदको बैठक
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्