सन्दीप लामिछानेलाई सजाय कम भयो भन्दै सरकारी पक्ष उच्च अदालतमा
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप पाँच लाख भराउने फैसला सुनाएको थियो।
सजाय कम भएको भन्दै पुनरावेदन गरिएको हो।लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बलात्कार मुद्दा, #सन्दीप लामिछाने
ताजा खबर
- १मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक रहेको प्रधानमन्त्री शाहको प्रतिबद्धता
- २उपसभामुखको निर्वाचन चैत २७ गते हुने
- ३सरकारले बढायो झण्डै २२ प्रतिशतसम्मले सार्वजनिक यातायातको भाडा
- ४सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि शेरबहादुर देउवा र आरजुविरुद्ध पक्राउ पुर्जी जारी
- ५चार वटा संसदीय समितिका सभापतिले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्