काठमाडौंमा फोटोग्राफी मास्टरक्लास, इजिप्टका क्रिएटिभ फोटोग्राफर मोबारकले दिए प्रशिक्षण
काठमाडौं । फोटोग्राफीमा रुची र चासो राख्नेहरुलाई लक्षित गर्दै काठमाडौंमा फोटोग्राफी मास्टरक्लास कार्यशाला गरिएको छ । नेशनल स्कुल अफ फोटोग्राफी र एनी फोटोग्राफी सोसाइटी अफ नेपालको आयोजनामा एक दिने फोटोग्राफी मास्टरक्लास कार्यशाला गरिएको हो । फोटोग्राफी मास्टरक्लासमा इजिप्शियन क्रिएटिभ फोटोग्राफर यस्सर अला मोबारकले फोटोग्राफी के हो रु फोटोग्राफीमा के गर्ने र नगर्ने लगायतका विषयवस्तुको बारेमा प्रकाश पारे ।
उनले फोटोग्राफीमा आफूलाई कसरी अब्बल बनाउने भन्ने बारेमा सुझाब दिए । क्रिएटिभ फोटोग्राफर यस्सर अला मोबारकले आफूले खिचेका अनेक फोटोहरु देखाउदैँ फोटोका कोण, विशेषता लगायत फोटोग्राफीमा हुनुपर्ने गुणहरुको विषयमा प्रष्ट पारे । इजिप्टका क्रिएटिभ फोटोग्राफर यस्सर अला मोबारकले ट्राभल फोटोग्राफर अफ द इयर, नेशनल ज्योग्राफिक, सोनी वल्र्ड फोटोग्राफी अवार्ड्स लगाएतका धेरै फोटोग्राफी पुरस्कारहरू जितिसकेका छन् ।
उनले खिचेका फोटोहरु गार्डियन, वाइइस, नेशनल जियोग्राफिक, स्ट्रीट फोटोग्राफीमा पनि प्रकाशित भइसकेका छन् । दिल्ली कलेज अफ फोटोग्राफीका भिजिटिङ इन्स्ट्रक्टर समेत रहेका उनले निकोन स्कूल इजिप्ट, अजरबैजान फोटोग्राफर युनियन, जोर्डन फोटोग्राफिक सोसाइटी र बर्वेल स्कूल अफ फोटोग्राफीमा फोटोग्राफी कार्यशाला दिइसकेका छन् ।
कार्यशालामा उनले व्यक्तिगत विकास, कम्युनिकेशन, शारीरिक भाषा तथा प्रस्तुति, सहभागीहरुलाई व्यक्तिगत र व्यावसायिक जीवनको विकासमा सहयोगी हुने अन्य विषयको समेत सुझाब दिए । कार्यशालाको आयोजक नेशनल स्कुल अफ फोटोग्राफी र एनी फोटोग्राफी सोसाइटी अफ नेपालले फोटोग्राफी मास्टरक्लासबाट सहभागीहरुलाई फोटोग्राफी सम्बन्धि धेरै कुराहरुको बारेमा ज्ञान प्राप्त भएको विश्वास लिएको छ । सो कार्यक्रममा दुई दर्जनबढी फोटोग्राफीमा रुची राख्नेहरुको सहभागिता थियो ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #फोटोग्राफी, #फोटोग्राफी मास्टरक्लास
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्