माधव नेपालको गुनासोः प्रधानमन्त्री प्रचण्डले बोल्दा म सँग सल्लाह गर्नुहुन्न !
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
जनकपुरमा बिहीवार समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्नेकुरा प्रधानमन्त्री प्रचण्डले विचार नपुर्याई भनेको बताएका हुन । उनले गम्भीर कुराहरुमा बोल्दा गठबन्धनमा सहभागी दलहरु र आफूलाई सोधेको भए उचित हुने बताए ।
तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोईरालाले समेत के गर्ने भनेर सोध्ने गरेको भन्दै उनले सरसल्लाह बिनै प्रधानमन्त्री प्रचण्डले छानबिन गर्नेकुरा गरेको भन्दै आपत्ति जनाए । दरबार हत्याकाण्डको केही समयपछि नेकपा एमालेका वर्तमान अध्यक्ष गृहमन्त्री बनेको र पछि प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी भएको हुनसक्ने भन्दै उहाँसँग बुझ्ने उनले बताए । उनले भने, राजा वीरेन्द्रको अन्तिम संस्कार भइरहेको बेलामा आर्यघाटमा म थिएँ । सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानबिन आयोगले छानबिन ग¥यो । कति सबै ल्याउन सक्यो । सकेन आफ्नो ठाउँमा छ ।
अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो । यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो । हामीसँग पनि सल्लाह भएको छैन । मैसँग पनि सोधे त हुन्थ्यो नि । कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो । के गर्ने माधव बाबु भन्नु हुन्थ्यो । हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ ।
वंश सकिएकाले गर्छन्, बाँकी हुनेले गर्छन् भन्ने अर्थ लाग्छ । तीर त्यतै सोजिन्छ । ओलीजी अलि पछि गृहमन्त्री भइ प्रधानमन्त्री पनि भएकाले उहाँले धेरै सूचना पाउनुभएको छ की उहाँलाई सोध्नुपर्ला ।’ अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै कतिपयलाई गठबन्धन नपचेर वान्ता हुने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्म चल्ने दाबी गरेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #दाहाल प्रचण्ड, #प्रधानमन्त्री प्रचण्ड, #माधवकुमार नेपाल, #हत्याकाण्ड
ताजा खबर
- १ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- २समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने
- ३जेलबाट भाग्ने राजनीतिक अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैनः केपी शर्मा ओली
- ४आफ्नो निवासमा आएका नेताहरूलाई देउवाले भने–पार्टी नफुटोस् भन्ने चाहन्छु
- ५नेपाल निर्यात परिषद्ले १० औँ निर्यात दिवस मनाउने



तपाईको कमेन्ट लेख्नुहोस्