अर्वपति विनोद चौधरीका भाई व्यवसायी अरुण चौधरी पक्राउ
काठमाडौं । व्यवसायी अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले राजधानीको लैनचौरबाट पक्राउ गरेको हो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोकी एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । उनी प्रतिनिधिसभा सदस्य तथा अर्बपति व्यापारी विनोद चौधरीका भाइ हुन् ।
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा आफ्नो बनाएको आरोप उनीमाथि छ ।
वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि त्यो जग्गालाई आफ्नो निजी सम्पत्ति बनाएको बताइन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- २सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ३राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ४अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
- ५निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति



तपाईको कमेन्ट लेख्नुहोस्