माओवादीको विद्यार्थी संगठनकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं । १५ वर्ष पुरानो एक हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मणबहादुर शाहीले पक्राउ पुर्जी जारी भएको पुष्टि गरेका हुन ।
२०६५ साल फागुन २६ गते कालीकोटको मल्लको हत्या घटनामा कालीकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
सुर्खेतको जनमाविमा अध्ययनरत् राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पक्राउ पुर्जी, #पञ्चा सिंह, #राजबहादुर मल्लको हत्या
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्