Techie IT
  • २९ असार २०८२, आईतबार
KhojPatrika

अव आकाशे पुलमा ब्यानर राख्नेलाई ५० हजार जरिबाना


काठमाडौं । काठमाडौं महानगरपालिकाले आकाशे पुलमा ब्यानर झुन्डाएर विज्ञापन गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

महानगरका अनुसार ब्यानर राखेर पुरानो हुँदासम्म नहटाएको पाइएपछि विज्ञापन गर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ । नगर प्रहरीका स्टोर इन्चार्ज राजन कार्कीका अनुसार ब्यानर राख्ने इनोभेटिव कन्सेप्ट प्रालिलाई सो रकम बराबर जरिबाना गरिएको हो ।

उहाँहरुले पुलमा विज्ञापनका लागि लगाएको ब्यानर निश्चित समयपछि हटाउने, ब्यानर र पोस्टरकै कारण फोहोर नदेखिने गरी जिम्मा लिनुभएको हो । तर, त्यस्तो नदेखिएपछि आज कारबाही स्वरुप जरिबाना तिराइएको हो,’ उनले भने ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्