उच्चस्तरीय आयोग बनाएर बालकुमारी घटना छानबिन गर्ने गठबन्धनमा सहमति
काठमाडौं । बालकुमारी घटनाबारे छानबिन गर्नको लागि सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गर्ने भएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो ।
दुईजना युवाको मृत्यु हुने गरी भएको घटना र त्यहाँ भएको प्रदर्शनलगायतका विषयमा छानबिन गर्न यसअघि गृहमन्त्रालयले नेपाल प्रहरीका डीआईजीपीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर, निष्पक्ष अनुसन्धान नहुने भन्दै समितिमाथि प्रश्न उठाइएको थियो ।
घटनाको छानबिन गर्न जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने भएकाले त्यहीअनुसार प्रस्ताव ल्याउन प्रधानमन्त्रीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।
हिजो सकिएको कांग्रेसको केन्द्रीय समितिको बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । आज बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरूबीच बसेको बैठकले आयोग गठन गर्ने सहमति जुटाएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्