Techie IT
  • ९ माघ २०८१, बुधबार
KhojPatrika

विराटनगरको मेट्रो न्युरो अस्पतालको गम्भिर लापरवाही, जिउँदो मान्छे मृत घोषणा !


काठमाडौं । मोरङको विराटनरस्थित मेट्रो न्युरो अस्पताले जिउँदो ब्यक्तीलाई नै मृत घोषणा गरेको पाइएको छ । इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । जिवित ब्यक्तीलाई नै मृत भन्दै १५ घण्टासम्म शवगृहमा राखेर अस्पतालले गम्भिर लापरवाही गरेको छ । अस्पतालको मनोमानी, चिकित्सकको लापरवाहीका कुरा गरी यहाँ साध्य नै छैन् । सरकारी अस्पतालमा उपचारका लागि समय नै नपाइने । चिकित्सक भेट्न र उपचार गर्न नै महिनौ कुर्नुपर्ने बाध्यता सर्वसाधारणले अहिले होइन उहिलेदेखि नै भोग्दै आएका छन् ।

चिकित्सकले लापरवाही गरेको भन्दै कहिले चिकित्सक कुटिनछन् त कहिले अस्पताल नै तोडफोड हुने गरेका छन् । नीजि अस्पतालको मनोमानी र गम्भिर लापरवाही फेरि दोहोरिएको छ । जिवितै रहेका बिरामीलाई मृत्यु भएको घोषणा गर्दै मोरङको विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले गम्भिर खेलवाड गरेको घटना बाहिरिएको छ । मेट्रो न्यूरो अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै भेटिएपछि सबैलाई चकित बनाइदिएको छ । मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्र समेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ।

शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । तत्काल इनरुवा अस्पताल लगिएको र त्यहाँ उपचार सम्भव नहुने भन्दै विराटनगरमा रहेको कोशी अस्पताल रिफर गरिएको थियो । उपचारका क्रममा कोशी अस्पताल लगिएका सदाको टाउकोको तत्काल एमआरआई गर्नुपर्ने चिकित्सकले सुझाव दिएपछि उनलाई मेट्रो न्युरो अस्पतालमा भर्ना गरियो ।

शनिबार दिउँसो सो अस्पतालमा भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । उपचारका क्रममा लागेको ५० हजार रुपियाँ तिरेर शव लैजान भन्दै शवगृहमा राखिएका सदाको शव लैजान स्थानीय छिमेकी तथा आफन्तले आइतबार बिहानदेखि चन्दा रकम जुटाई अस्पताललाई तिरेर दाहसंस्कारका लागि इनरुवा ल्याएका थिए । सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उनी जीवित भएको पाइयो ।

अस्पतालले मृत घोषणा गरेर घर ल्याइएका सदाको दाहसंस्कारका लागि परिवार र आफन्तजनले हरियो बाँस, कात्रो, रामनामी, तिल, जौ, अबिरलगायत टीका, चुरापोते आदि सामग्री किनमेल गरिसकेका थिए । दाहसंस्कारपछि श्रीमतीले लगाउने कपडासमेत व्यवस्था गरिसकिएको थियो ।

सबै आफन्त छरछिमेक भेला भई स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले जीवित रहेको जस्तो देखेपछि पानी र दुध खुवाइएको थियो । त्यसपछि सदाको स्वास्थ्य सुधार हुँदै सामान्य बन्दै गएको र घरमै राखिएको छ । जिवित ब्यक्तीलाई नै मृत्यु भएको घोषणा गर्दै शव गृहमा राख्ने अस्पतालको चरम लापरवाही देखिन्छ । सेवा भन्दा पैसा नै ठूलो ठान्ने र जिवित ब्यक्तीलाई मृत घोषणा गर्ने मेट्रो न्युरो अस्पताललाई कानुनी दायरामा ल्याउन सरोकारवाला निकाय पछि नहटोस् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चिकित्सक कुटिनछन् त, #जिउँदो मान्छे मृत घोषणा, #विराटनरस्थित मेट्रो न्युरो

तपाईको कमेन्ट लेख्नुहोस्