को हो गणतन्त्र विरोधी, किन तर्सिदैंछन् प्रमुख राजनीतिक दलहरु !

काठमाडौं । प्रमुख राजनीतिक दलहरु गणतन्त्रमाथि वितृष्णा फैलाउने गरी विभिन्न गतिविधि भइरहेको निष्कर्षमा पुगे । तर, ब्यवस्था नै परिवर्तन गर्ने गरी को सक्रिय छ भन्ने खुलाएका छन् । गणतन्त्र ल्याउन र संविधानका लागि लामो समय संघर्ष गरेका दलहरु आखिर किन त्रसित छन् त ? दश बर्ष सशस्त्र विद्रोहबाट शान्ति प्रक्रिया हुँदै सत्ताको बागडोर सम्हालिरहेका पुष्पकमल दाहाल प्रचण्डलाई सबैभन्दा त्रास छ यो ब्यवस्था नै उल्टिन्छ भन्ने । उनै प्रधानमन्त्री प्रचण्डलाई एकातर्फ शान्ति प्रक्रिया टुंगोमा पु¥याउन सकस छ ।
अर्कोतर्फ आन्दोलन र नयाँ दलहरुले दिएको चुनौतिले पिरोलेको छ । त्यसैले त मंगलबार १२ बुँदे सहमति गर्ने दलहरु भन्दै केही दललाई बाइपास गर्दै सर्वदलीय बैठक नै गरे । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी एकै ठाउँमा उभिएको सन्देश मात्रै दिएनन् उनीहरुले अराजकता फैलाउने माथि जाइलाग्ने सम्मको धम्की दिए । संविधान र गणतन्त्रको रक्षाका लागि सबै दल एक जुट हुनुपर्छ भन्ने प्रधानमन्त्री प्रचण्डको बोलीले कुन शक्ति हाबी हुँदैछ भन्ने प्रश्न उब्जाइदिएको छ ।
देशको प्रधानमन्त्रीले सर्वदलीय बैठक भनेपछि सबै राजनीतिक दलहरुलाई बोलाउनु पर्ने हो । तर, निश्चित घेरामा मात्रै दलहरुले छलफल गरे । संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौ दल राप्रपासँगै अन्य दलहरुलाई समेत निषेध गरिएको छ । नयाँ दललाई बाइपास गर्नु र राजतन्त्रको वकालत गर्दै आएको राप्रपालाई पनि निषेध गर्नुले दलहरु को सँग डराए भन्ने प्रष्टै देखिन्छ ।
जनतामा राजनीतिक दलका नेताहरुको गतिविधि चित्त बुझेको छैन् । आसेपासे र नातागोतालाई नियुक्ती तथा अवसर दिने प्रबृत्ति अझै हावी छ । जनतामा देखिएको असन्तुष्टिलाई साथमा लिएर केही समूह पनि आन्दोलन गरिरहेका छन् । केही घोषणा गर्दै हिडिरहेका छन् । अव प्रश्न उठ्छ के सरकार मेडिकल ब्यवसायी दुर्गा प्रसाँईसँग डराएको हो त ? होइन भने उनले मंसिर ७ मा ब्यवस्था परिवर्तन नै गर्ने गरी आन्दोलन घोषणा गरेको भोलिपल्टै सर्वदलीय बैठक बोलाउनै पर्ने बाध्यता किन पर्यो ।
गणतन्त्र ल्याउन ठूलो त्याग, तपस्या र आन्दोेलन गरेका र धेरै पटक सत्ताको बागडोर सम्हालेका दलहरुका शीर्ष नेता आखिर किन डराउँदैछन् । मिसन २०८४ भन्दै पहिलो चुनावमै २१ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि दलहरु डराएको देखिन्छ । बैठकमै बाइपास गर्नु र भाइरल म्यानको उपमा दिने दलका नेताहरु डराउनुभन्दा पनि जनताको मन छुने काम गर्नुपर्ने हो । तर, त्यो गरेको पनि देखिदैन । सत्ता गठबन्धनदेखि समाजवादी मोर्चासम्म बनाएका र दुई वटै डुंगामा खुट्टा राखेका प्रचण्डले एमालेको समेत साथ खोजिरहेका छन् । ब्यवस्था नै परिवर्तन गर्नेगरी ठूलो आन्दोलन के यत्ति छिट्टै होला त ? होइन भने दलहरु गणतन्त्र आएको यत्ति छिट्टै समयमै किन त्रास ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गतिविधि भइरहेको, #प्रमुख राजनीतिक दल, #ब्यवस्था नै परिवर्तन
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्