भूकम्प प्रभावितहरुसँग पुगेन त्रिपाल, रातभर खुल्ला आकाशमा बस्न बाध्य
जाजरकोट । भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको जाजरकोटमा मानिसहरु खुला आकाशमुनि रात काट्न बाध्य भएका छन् । चिसोमा बाहिर बस्नु पर्दाको दुःख त छँदैछ, उनीहरुलाई खाद्यान्नको समेत अभाव भएको छ ।
सदरमुकाम आसपास थुप्रै पक्की घर भए पनि शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पले घरहरु चर्किएका छन् । त्यसमाथि सोमबार पनि ५.८ रेक्टर स्केलको भूकम्प जाँदा थप क्षति हुँदा मानिसहरु बाहिर निस्किएका छन् । जाजरकोट सदरमुकामको गैरीखाली बजारमा रहेको खाली स्थानमा गर्भवती श्रीमती र १० दिनको बच्चा त्रिपाल नै नटाँगेर सुतिरहेका छन् ।
खुला आकाशमुनि बसेका थुप्रैले राहत नपाएको गुनासो गरेका छन् । तीमध्ये अधिकांशको भनाइ आफूहरु स्थानीय वासिन्दा नभएकाले सहयोग नपाएको भन्ने थियो । जिल्ला प्रहरी कार्यालय, खलङ्गा नजिकै रहेको चोकमा समेत स्थानीयवासी खुला चउरमा बसिरहेका छन् । प्रहरी कार्यालयका भवन पनि चर्किएकाले सुरक्षाकर्मी आफैं पनि बाहिर बसेका छन् ।
जिल्ला सदरमुकाम खलङ्गामा मात्रै ४२ जनाको मृत्यु भएको छ । शुक्रबार मध्यराति आएको भूकम्पमा परेर अधिकांश ढुंगामाटोले बनाइएका घरहरुमा क्षति पुगेको छ । सदरमुकामका अधिकांश स्थानीय वासिन्दा सुर्खेत, काठमाडौं वा अन्यत्रतिर छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #खाद्यान्नको समेत अभाव, #खुला आकाशमुनि रात काट्न, #भूकम्पबाट सबैभन्दा बढी
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्