‘भेप’मा सुन तस्करीमा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता हुँदै
काठमाडौं । सरकारी वकिलको कार्यालयले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन अनुसार आज अदालतमा मुद्दा दर्ता गर्ने भएको छ।
प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो सीआइबीमै फिर्ता पठाएको अनुसन्धान प्रतिवेदन थप बयान लिएर हिजो आएकाले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ।
गत शुक्रबार सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन निर्देशनसहित फिर्ता गरेको थियो। राहुल महरासहितका प्रतिवादीलाई थप बयान गराउन निर्देशन गरेको र थप बयान लिएर पुन प्रतिवेदन हिजो फिर्ता आएको बताइएको छ।
सीआईबीले पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल महरासहित चार जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएर अनुसन्धान प्रतिवेदन बुझाएको छ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्