संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।
संघीयता कार्यान्वयनमा नै समास्या पर्ने अवस्था आइसक्दा समेत संघीय निजामती र शिक्षा ऐन आउन नसक्दा स्थानीय तह र प्रदेश सरकारले संघ सरकारको आलोचना गरिरहेका छन् । सरकारले विभिन्न स्वार्थ समूहहरुले आफू अनुकुलको व्यवस्था गर्न बढाएको दबाबकाबीच दुबै विधेयकहरु संसदमा पठाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदले गत साउन १६ मा नै यो विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । तर, कसैले चलखेल गरेर विभिन्न व्यवस्थाहरु चलाएको दाबी गर्दै प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेका थिए । सरकारले संघीय निजामती सेवा ऐन भने निजामती सेवा दिवस मनाउनुभन्दा अघिल्लो दिन संसदमा पेश गर्ने निर्णय गरेर सरकारले नयाँ सन्देश दिन खोजेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्