संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।
संघीयता कार्यान्वयनमा नै समास्या पर्ने अवस्था आइसक्दा समेत संघीय निजामती र शिक्षा ऐन आउन नसक्दा स्थानीय तह र प्रदेश सरकारले संघ सरकारको आलोचना गरिरहेका छन् । सरकारले विभिन्न स्वार्थ समूहहरुले आफू अनुकुलको व्यवस्था गर्न बढाएको दबाबकाबीच दुबै विधेयकहरु संसदमा पठाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदले गत साउन १६ मा नै यो विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । तर, कसैले चलखेल गरेर विभिन्न व्यवस्थाहरु चलाएको दाबी गर्दै प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेका थिए । सरकारले संघीय निजामती सेवा ऐन भने निजामती सेवा दिवस मनाउनुभन्दा अघिल्लो दिन संसदमा पेश गर्ने निर्णय गरेर सरकारले नयाँ सन्देश दिन खोजेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- २दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
- ३वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गर्दै इन्द्रजात्रा मनाइदैं
- ४भारतको मणिपुर फेरि अशान्त, कर्फ्यु लागू
- ५सुरक्षाको कारण देखाउदै पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलमा सार्न आदेश
तपाईको कमेन्ट लेख्नुहोस्