एमाले फुटेको दुई वर्ष पुरा, एकीकृत समाजवादीबाट एमालेमै फर्किदै नेता कार्यकर्ता
काठमाडौं । नेकपा एमाले विभाजन भएको दुईवर्ष पुरा भएको छ । एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका नेताहरु भने एमालेमै फर्कने क्रम शुरु भएको छ । तर अध्यक्ष माधवकुमार नेपालले भने पार्टी विस्तार हुँदै गएको दाबी गरेका छन् । पार्टी स्थापनाको दुईवर्षपछि नेकपा एकीकृत समाजवादीको महाविधेशन आगामी माघमा हुने तय भएको छ ।
नेकपा एकीकृत समाजवादी स्थापनाको दुईवर्ष पुरा भएको छ । २ वर्षअघि नेकपा एमालेबाट विद्रोह गर्दै माधवकुमार नेपाल, झलनाथ खनाल लगाएतका नेताहरुले नेकपा एकीकृत समाजवादी स्थापना गरेका छन् । पार्टी स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी बिस्तार हुँदै गएकोमा नेकपा एमाले आतंकित बनेको बताएका छन् ।
अध्यक्ष नेपालले एकीकृत समाजवादीले राजनीतिमा आफ्नो औचित्य पुष्टि गरेको समेत बताएका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गर्दा पार्टीले आफ्नो धारणा स्पष्ट गर्न नसकेको बताएका छन् । उनले पार्टी स्थापनाको औचित्य पुष्टि गर्नुपर्ने समेत बताएका छन् ।
नेकपा एकीकृत समाजवादीभित्र अहिले दुईधार देखिएको छ । सम्मानित नेता झलनाथ खनालसहित सचिव रामकुमारी झाँक्री लगाएतका नेताहरुले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको बताउन थालेका छन् । भने कतिपय जिल्लामा भने नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटि नै एमालेमै समाहित हुने क्रम बढेको छ । त्यसोत मुकुन्द न्यौपाने लगाएतका नेताहरु एमालेमै फर्किसकेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमाले फुटेको दुई वर्ष पुरा, #नेकपा एकीकृत समाजवादी
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्