राष्ट्रिय सहकारी बैंकद्वारा विभिन्न विधामा व्यक्ति तथा संस्थालाई पुरस्कृत
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसको अवसरमा विभिन्न व्यक्त तथा संस्थाहरुलाई सम्मान गरेको छ । गत पुसमा सम्पन्न बैंकको १९ औं वार्षिक साधारण सभामा विभिन्न विधामा पुरस्कार तथा सम्मानका लागि छनोट भएका व्यक्ति तथा सहकारी संस्थाहरुलाई शुक्रवार राष्ट्रिय सहकारी महासंघको सभा हलमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।
महासंघका अध्यक्ष मिनराज कँडेल र बैंकका अध्यक्ष के.बी.उप्रेतीले सम्मानित व्यक्ति र पुरस्कृत संस्थाका पदाधिकारीहरूलाई प्रशंसा पत्र सहित पुरस्कार प्रदान गरेका थिए । सम्मानित तथा पुरस्कृत हुने व्यक्तिहरूमा बैंक व्यवस्थापन तर्फ उत्कृष्ट कर्मचारी धु्रव तामाङ (सहयोग स्तर) अमृत कुमार जोशी, (सहायक स्तर) प्रवीण कुमार आर्चायलाई (अधिकृत स्तर) र सहकारी बैंकको उत्कृट शाखा बुटवल शाखालाई सम्मान गरेकोे छ ।
त्यसैगरी राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कार विधामा विकास न्युज डटकममा कार्यरत पत्रकार सन्तोष रोकाया, सहकारी बैंक विद्वता पुरस्कारबाट डाक्टर दीप बहादुर रावल र सहकारी बैंकका पूर्व सञ्चालकबाट विजय राज घिमिरे सम्मानित भएका छन् । त्यसैगरी बागमती प्रदेश तर्फ उत्कृष्ट हुने बचत तथा ऋण व्यवसायमा बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बचत तथा ऋण बाहेकको व्यवसाय गर्ने दोलखामा रहेको जनहित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी राष्ट्रिय स्तरको उत्कृष्ट सदस्य संस्था तर्फ कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको छ । यस्तै बैंकको शाखा स्तरमा उत्कृष्ट र नियमित कारोबार गर्ने बैंकको उपत्यका भित्रका शाखाको र दोलखा र नुवाकोट शाखाका ४६ वटा सहकारी संस्थालाई पुरस्कृत गरिएको छ । त्यसैगरी ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बैंकले आयोजना गरेको सहकारीमा वित्तीय साक्षरता सम्बन्धी निबन्ध प्रतियोगितामा तृतीय र सान्त्वना हुने मंगलोदय माध्यमिक विद्यालय इमाखेल थानकोटका आनन्द महतो र जेशिका श्रेष्ठलाई पुरस्कार वितरण गरिएको छ ।

क्याटेगोरी : अर्थ, देश/दुनियाँ, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्