एमालेले किन माग्छ बारम्बार प्रधानमन्त्री र मन्त्रीहरुको राजीनामा ? संसद नै अवरुद्ध गर्ने रणनिति !

काठमाडौं । संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिरहेको छ । सय केजी सुनप्रकरणमा श्रेष्ठको संलग्नता रहेको एमालेको आरोप छ । सुन प्रकरणलाई लिएर एमालेले बुधबार संसद अवरोध समेत गरेको थियो । सत्ता राजनीतिमा असफल भएको एमाले पछिल्लो समय संसद अवरोध र प्रधानमन्त्री तथा मन्त्रीको राजनीतिमा मागिरहेको छ । आखिर किन राजीनामाको चक्करमा लागिरहेको छ एमाले ? संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पछिल्लो समय संसद अवरोध र राजीनामाको चक्करमा लागेको छ । यतिबेला एमालले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिरहेको छ ।
गत हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रीन लागेको सय केजी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित अर्थमन्त्री प्रकाशशरण महतको संलग्नता रहेको एमालेको आरोप छ । सोहि विषयलाई लिएर एमालले बुधबार संसद अवरोध समेत ग¥यो । एमालेले गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएसम्म संसद अवरोध गरिरहने समेत अडान लिएको छ । एमालेले प्रतिनिधिसभामा मात्रै होइन, बिहिबारको राष्ट्रियसभा बैठकमा समेत गृहमन्त्रीको राजीनामा मागेको थियो ।
पुस १० मा सत्ता राजनीतिको केन्द्रमा रहेको एमाले दुई महिना नपुग्दै केन्द्र देखि प्रदेशसम्म प्रतिपक्षमा पुगेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन गठबन्धनको धार परिवर्तन गर्दै पुरानो गठबन्धनको साथमा पुगेपछि एमाले सत्ता राजनीतिमा असफल भएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले दिएको धोकाको बदला लिन एमाले कहिले संसद अवरोध त कहिले राजीनामा माग गरिरहेको हो ।
प्रचण्डलाई गलाएर सत्ता हत्याउन एमालेले ४ पटक भन्दा बढि संसद अवरोध गरिसकेको छ भने प्रधानमन्त्री प्रचण्डको राजीनामा समेत माग गरिरहेको छ । तर सत्तापक्षका नेताहरु भने एमालेले विनाकारण संसद अवरोध र राजीनामाको खेलमा लागेको बताउँदै आएको छन् । यता राजनीतिक विश्लेषक समेत एमालेको संसद अवरोध गर्ने रणनीति नौलो नभएको तर त्यसले संसद अमर्यादित हुने गरेको बताउँछन् ।
एमाले छाडेर नेकपा एकता अभियान शुरु गरेका राष्ट्रियसभा सदस्य बामदेव गौतमले समेत प्रतिनिधिसभा अमर्यादित भएको टिप्पणी गरेका छन् । यसअघि प्रचण्ड सरकार ढाल्न एमालेले नागरिकता प्रकरण, प्रधानमन्त्रीको भारत भ्रमण लगायत अनेक विषयमा संसद अवरोध र प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो । तर सामान्य विषयलाई समेत राजनीतिक विषयान्तर गरेर एमालेले पछिल्लो समय संसदलाई अमर्यादित बनाइरहेको आरोप लाग्न थालेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गृहमन्त्री नारायणकाजी श्रेष्ठ, #संसद अवरोध, #संसदको प्रमुख प्रतिपक्ष दल
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्