सांसद घिमिरेको आक्रोशः अखण्ड भारतको नक्सामा लुम्बिनी मिसिँदा प्रदेश सरकार किन चुपचाप
रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले नेपालको गौरव तथा स्वाभिमान लुम्बिनीलाई भारतको नक्सामा सामेल गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राष्ट्रियता माथि धावा बोल्ने काम गरेको बताएका छन् । घिमिरेले मोदीले भारतको नक्सामार्फत दीर्घकालिन लक्ष्यबारे विश्वलाई नै सन्देश दिएको बताए ।
घिमिरेले नेपालका प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको विषयमा नक्साको विषय उठाउन नसक्दा नेपालीहरुको शीर र स्वभिमान ढलेको आरोप लगाए । घिमिरेले प्रधानमन्त्रीलाई आफ्नो कुर्सीको रक्षामा चिन्ता लाग्दा पुर्खाले आर्जन गरेको इज्यतमा समेत दाग लागेको बताए । घिमिरेले भने हाम्रा सम्माननीय प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभयो । हामी धेरैलाई विश्वास थियो, देशको प्रधानमन्त्रीले यो विषयलाई उठाउन हुनेछ । प्रधानमन्त्रीलाई आफ्नो कुर्सीको रक्षामा चिन्ता भयो । उहाँले भारतसँग त्यो विषयमा कुरा उठाउन सक्नुभएन् ।
देश र जनताका भावनलाई उहाँले त्यहाँ राख्न सक्नुभएन् । लुम्बिनीलाई भारतले आफ्नो वृहत्तर नक्सामा सामेत गराउँदा प्रदेश सरकार पनि चुप बसेको आरोप लगाए । सो बेला आफ्ना आवाजहरुलाई उठ्न नदिनको लागि योजनाबद्ध तरिकाले सरकारको निर्देशनमा प्रदेश सभाको बैठक पनि लामो समय स्थगन गरेको बताउँदै घिमिरेले उक्त विषयलाई उठाउन नदिएको प्रति आक्रोश पोखे ।
प्रतिनिधि सभामा भारतको नक्साको विषय तातिरहेको बेला लुम्बिनी प्रदेश सभाको बैठक स्थगित गरेर छलफल गर्न नदिएको उनको आरोप छ । घिमिरेले भारतको ज्यादती विरुद्ध काठमाडौं महानगरका मेयर बालेन शाहले काउण्टरमा ग्रटेर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्दा लुम्बिनी प्रदेश सरकारले छलफल गर्ने वातावरण समेत अन्त्य गरिदिएको जिकिर गरे । घिमिरेले प्रदेश सभाको विशेष बैठक बोलाएर भारतको हेपाहा प्रवृत्तिको विरुद्धमा खेद प्रस्ताव पारित गर्न माग गरे ।
क्याटेगोरी : जनप्रतिनिधि, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रामजी प्रसाद घिमिरे, #लुम्बिनी प्रदेश सभा
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्