दीपक मलहोत्राले भने मेरो नाम बारम्बार किन जोडिन्छ म अच्चमित छु
काठमाडौं । व्यवसायी दीपक मलहोत्राले त्रिभुवन विमानस्थलबाट भित्रिएको एक क्वीन्टल सुनमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका छन् । विहिबारपत्रकार सम्मेलन आयोजना गर्दै उनले आफूलाई जोडेर प्रकाशित समाचारप्रति खेद प्रकट गरेका हुन्। उनले सुन ल्याउने गिरोहलाई उम्काउनका लागि आफ्नो नाम जोडिएको आशंका व्यक्त गरिएका छन् । तर, सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको मल्होत्राले दाबी गरे ।
उनले भने, ‘मेरो सबै व्यवसायिक कारोबारहरू कानूनी निकायमा दर्ता छन् र वैध छन् । म र मेरो परिवारले प्रत्यक्ष वा परोक्षरूपमा गैरकानूनी कारोबा गरेको छैन । सुन आयात गर्न म सम्बद्ध कुनै माध्यमबाट भुक्तानी भएको छैन ।’ समाचारमा नाम उल्लेख गरिएका व्यक्तिसँग व्यक्तिगत आफ्नो चिनजानसमेत नरहेको भन्दै आफैं कल्पना गरेर नाम मुछिएको उनको भनाइ छ ।
आफ्नो तस्बिर समेत प्रकाशित गरेर सार्वजनिक जीवनमा प्रहार गरिएको उनले बताए । ‘अनुमान र आशंकाका आधारमा समाचार लेख्दा कसैले मसित जानकारी लिन चाहेन,’ उनले भने । आफूले २०५५\५६ सालसम्म भन्सार तिरेर वैध तरिकाले सुनको व्यापार गरेको तर त्यसपछि त्यो छाडेर अन्य व्यापारमा लागेको मल्होत्राले बताए ।
अहिलेको प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए नेपालको कानूनबमोजिम सजाय भोग्न तयार रहेको उनको भनाइ थियो । उनले ‘म २५ वर्ष भयो भन्सारमा नगएको । मैले आयात गर्ने भनेको मोबाइल फोनमात्र हो । म भन्सारका कर्मारी चिन्दिनँ ।
एजेन्टहरूले नै सामान छुटाएर ल्याउँछन्,’ उनले भने । आफूले सञ्चारमाध्यमलाई पछिल्लो समय विज्ञापन दिन नसकेकाले पनि गलत समाचार लेखिएको हुन सक्ने मल्होत्राको अनुमान छ । उनले भने बारम्बार आफ्नो नाम जोडिएर किन आइरहेको छ भन्ने अच्चमित छु ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अनुमान र आशंका, #दीपक मलहोत्रा
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्