सत्ता गठबन्धनले भन्यो प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु पर्दैन !
 
	
				
			काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको भन्दै राजीनामा दिनुनपर्ने ठहर गरेको हो । प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।
सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए । सो कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’
यहि भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक अवरुद्ध गरिरहेको छ । बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु सहभागि थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ट्याग : #दाहाल प्रचण्ड, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #राजीनामा माग्ने, #संसद बैठक अवरुद्ध
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्