प्रेस युनियन काठमाडौमा गौतमको नेतृत्वमा नयाँ कार्यसमिति
काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखामा महेश्वर गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष र सचिवमा निर्वाचन भएको थियो भने अन्य पदहरुमा सर्वसम्मत भएको थियो ।
अध्यक्षमा राजधानी दैनिकमा कार्यरत गौतमले ३१५ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिश्पर्धी तथा नेपाल टेलिभिजनमा कार्यरत दिलिपप्रकाश कार्कीले १२९ मत ल्याएका थिए । त्यस्तै, सचिवमा हिमालप्रेसमा कार्यरत सन्तोष अधिकारीले २८५ मत ल्याएर विजयी भए भने प्रतिश्पर्धी नयाँपत्रिका दैनिकमा कार्यरत केशव पाण्डेले १५१ मत ल्याएका थिए ।
कुल ७५८ मतदाता रहेकोमा ४५३ मत खसेको युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए । मत गणनामा समेत बसेका भण्डारीका अनुसार खसेका मत मध्ये ११ मत बदर भएको थियो । युनियनको जिल्ला खुल्ला उपाध्यक्षमा रोमन आचार्य, समावेशी उपाध्यक्षमा श्रद्धा कोइराला, सहसचिवमा पुजा बगाले र कोषाध्यक्षमा प्रदिप कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रविन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्ण बहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे (डेविड), राजु थापा, प्रशन्न मुलिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान, मिन्साङ लामा, रमेश सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल (आइशां), सिर्जना मिश्र, सकुन्तला राना मगर, प्रकृति खड्का र क्रेसिना ढकाल पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य शैलेन्द्र शर्मा गौडेलले जानकारी दिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नयाँ कार्यसमिति चयन, #नेपाल प्रेस युनियन काठमाडौं
ताजा खबर
- १पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
- २ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- ३आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ४सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ५क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ



तपाईको कमेन्ट लेख्नुहोस्