आज विश्वकप छनोटमा नेपालले जिम्बाब्बेसँग खेल्दै
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट आज जिम्बाब्वेमा सुरु हुँदैछ । नेपालले घरेलु टोलीसँग खेल्दै आफ्नो यात्रा सुरु गर्दैछ। समूह ए मा रहेका नेपाल र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ। टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेल्न लागेको यो पहिलो पटक हो ।
नेपालले अहिलेसम्म खेलेका ५१ ओडीआई सबै एसोसिएट राष्ट्रविरुद्ध हुन् । नेपाल विश्व क्रिकेट लिग टूको शीर्ष तीनमा रहँदै सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो। जिम्बाब्वे सुपर लिगबाट झरेको हो। छनोटको तयारी स्वरुप नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई अभ्यास खेल खेलेको थियो।
खराब ब्याटिङ गरेको नेपाल दुवैमा पराजित भयो। प्रतियोगितापूर्वको अन्तिम वार्मअपमा भने नेपालले ओमानलाई २ विकेटले पराजित गर्दा कुशल भुर्तेलले शतक प्रहार गरेका थिए । पहिलो वार्मअपमा भने नेपाल यूएईसँग हारेको थियो । कप्तान रोहित पौडेलले यो प्रतियोगिताका लागि टिमले लामो समयदेखि मेहनत गरेको बताएका छन्।
नेपाल र जिम्बाब्वे ५० ओभरको खेलमा यसअघि २०१८ मा आमने सामने भएका थिए। जसमा जिम्बाब्वे १ सय १६ रनले विजयी भएको थियो। ३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालका लागि आरिफ शेखले ५०, रोहितले ३० र ज्ञानेन्द्र मल्लले ३२ रन बनाएका थिए । यी तीनै खेलाडी अहिले टिममा समावेश छन्।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, सामाजिक सञ्जाल
ट्याग : #आईसीसी एकदिवसीय, #एसोसिएट राष्ट्र, #नेपालले घरेलु टोली
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्