Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

पत्रकारसँग प्रधानमन्त्री प्रचण्डको गुनासो,राम्रो गर्‍याछु भनेर चुप लागेर बसेर हुँदो रहेनछ !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गरेर पनि प्रचार–प्रसार नभएको गुनासो गरेका छन् । प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले राम्रो काम गरेको छु भन्दै चुप लागेर बस्न नहुने रहेछ भन्दै गुनासो गरेका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घेराबन्दी र अप्ठ्यारो परिस्थितिका बीच सरकारले राम्रा काम गरेको दाबी गरे । जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने र देशभित्रका बेथितीलाई रोक्ने प्रयासदेखि पछिल्लो भारत भ्रमणको क्रममा भएका सहमति सम्झौतालाई ६ महिनाको बीचमा सरकारले गरेका राम्रा कामको प्रचार नभएको गुनासो गरे । उनले सरकारले गरेका राम्रा कामको प्रचार गर्न र राम्रा कामलाई पनि नराम्रो भन्नेहरुको प्रतिवाद गर्न निर्देशनसमेत दिएका छन् ।

भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता स्वार्थकै लागि कसैलाई उन्मुक्ति हुने होकी भन्ने जिज्ञाशामा उनले भने, ‘कतै सत्तारुढ दल सरकार टिकाइ राख्नका लागि भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने हो कि भन्ने भ्रम सृजना भइरहेको छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रमा समानुपातिक विज्ञापनको नीति व्यवहारिक रुपमा तत्काल कार्यान्वयन गर्नुपर्ने, सबै विज्ञापनलाई एकद्वार प्रणालीमा लैजाने व्यवस्था मिलाउनुपर्ने, अनलाइन सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने लगायतका बुँदा उल्लेख छन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र फलदायी भएको पनि दाबी गरेका छन् । आफ्नो भारत भ्रमणका क्रममा ५० देखि ६० वर्षको अवधिमा पहिलो पटक राम्रो सम्बन्ध बनेको उनको दाबी छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री पुष्पकमल, #प्रेस सेन्टर नेपाल, #सरकार छाड्न तयार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं