किन सरकारसँग रुष्ट छन् माधव नेपाल ? बजेट पास हुन नदिने, सरकार ढालेपनि कुनै फरक नपर्ने
काठमाडौं । सरकार गठन भएको ६ महिना नपुग्दै सत्ता गठबन्धनभित्र खटपट शुरु भएको छ । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटलाई लिएर गठबन्धन दलभित्र असन्तुष्टि चुलिएको हो । शक्तिशाली नेताका निर्वाचन क्षेत्रकेन्द्रित बजेट रहेको भन्दै सरकारमै रहेको नेकपा एकीकृत समाजवादीले बजेट पारित गर्न नदिने घोषणा गरेको हो ।
अध्यक्ष माधवकुमार नेपालले बजेट पारित गर्न नदिने भन्दै सरकार छाड्न परेपनि तयार रहेको बताएका छन् । सरकार गठन भएको ६ महिना नपुग्दै सत्ता गठबन्धनभित्र खटपट देखिएको छ । बजेटलाई लिएर सरकारमै रहेको नेकपा एकीकृत समाजवादीले असन्तुष्टि व्यक्त गरेको हो । अध्यक्ष माधवकुमार नेपालले नै अहिलेको बजेट जस्ताका तस्तै पारित गर्न नदिने चेतावनी दिएका हुन् । उनले संसदबाट बजेट पारित गर्न नदिने भन्दै सरकार छाड्नुपरे पनि तयार रहेको समेत घोषणा गरेका छन् ।
अध्यक्ष नेपालले बजेटका बारेमा सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेको भएपनि अन्य विषयमा समेत सरकारले गरेका कामको विरोध भित्रभित्रै गर्दै आएका थिए । खासगरी प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेकपा एकीकृत समाजवादीको सम्बन्ध पछिल्लो समय उति सारो राम्रो देखिएको छैन । यसले सरकारमै रहेको दल नेकपा एकीकृत समाजवादीले बजेट पारित गर्न सहयोग नगर्ने चेतावनी दिएको हो ।
त्यसोत सत्तारुढ दलकै नेताहरु समेत बजेटप्रति सन्तुष्ट देखिएका छैनन् । तर, अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले भने सिमित स्रोतका समुचित बाँडफाँडमा सरकार लागेको भन्दै रातो किताव सार्वजनिक हुने बेलासम्म पर्खन आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादीले कुल विकास बजेटको झण्डै आधा रकम प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र गोरखा, कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरा र अर्थमन्त्री महतको गृहजिल्ला नुवाकोटमा विनियोजन गरेको आरोप लगाएको छ । यसले बजेट पारित हुने बेलासम्म अहिलेको सत्ता गठबन्धनमा फेरबदल आउनसक्ने देखिएको छ । तर नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकार भने तत्काल ढल्ने देखिदैन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आर्थिक वर्षको बजेट, #सत्ता गठबन्धन, #सरकार गठन
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्