सहकारी क्षेत्रमा देखिएको समस्यालाई सबै मिलेर समाधान गरौँ
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सुर्खेतको वीरेन्द्रनगरमा आयोजनामा गरेको सहकारीको वर्तमान अवस्था, वित्तीय पहुँच तथा भावी कार्यक्रम” विषयक छलफल भएको छ । कार्यक्रममा सहभागी सरोकारवालाहरूले सहकारी क्षेत्रमा देखिएको सबै खाले समस्याहरूलाई सबै मिलेर समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारीको पैसा कम्पनी र कम्पनीको पैसा सहकारीमा जाने कार्यलाई रोक्नु पर्ने बताए । सरकारले सहकारीका बचत कर्ताहरूलाई सहकारीहरूमा रहेको रकम सुरक्षित हुन्छ भनेर आश्वस्त पार्नु पर्ने कुरामा उनको जोड छ । ‘यो कार्य राज्यको हो र राज्यले नै त्यसमा अग्रसर्ता लिएर बचतकर्ताको बचत सुरक्षित छ भन्ने विश्वास दिलाउनु पर्छ,’ उनले भने त्यसको लागि सहकारी अभियान पनि साथमा रहेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुण) का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सुशासनमा नचलेका सहकारी संस्थाहरुलाई नियमनसँगै कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरण तत्काल आवश्यक रहेको बताए । बैंकका नि–वर्तमान सञ्चालक हरिहर नाथ योगीले सहकारी क्षेत्रमा देखिएको विकृतिलाई समाधान गर्नु पर्ने धारणा व्यक्त गरे ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, राजनीति, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्