सहकारी क्षेत्रमा देखिएको समस्यालाई सबै मिलेर समाधान गरौँ
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सुर्खेतको वीरेन्द्रनगरमा आयोजनामा गरेको सहकारीको वर्तमान अवस्था, वित्तीय पहुँच तथा भावी कार्यक्रम” विषयक छलफल भएको छ । कार्यक्रममा सहभागी सरोकारवालाहरूले सहकारी क्षेत्रमा देखिएको सबै खाले समस्याहरूलाई सबै मिलेर समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारीको पैसा कम्पनी र कम्पनीको पैसा सहकारीमा जाने कार्यलाई रोक्नु पर्ने बताए । सरकारले सहकारीका बचत कर्ताहरूलाई सहकारीहरूमा रहेको रकम सुरक्षित हुन्छ भनेर आश्वस्त पार्नु पर्ने कुरामा उनको जोड छ । ‘यो कार्य राज्यको हो र राज्यले नै त्यसमा अग्रसर्ता लिएर बचतकर्ताको बचत सुरक्षित छ भन्ने विश्वास दिलाउनु पर्छ,’ उनले भने त्यसको लागि सहकारी अभियान पनि साथमा रहेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुण) का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सुशासनमा नचलेका सहकारी संस्थाहरुलाई नियमनसँगै कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरण तत्काल आवश्यक रहेको बताए । बैंकका नि–वर्तमान सञ्चालक हरिहर नाथ योगीले सहकारी क्षेत्रमा देखिएको विकृतिलाई समाधान गर्नु पर्ने धारणा व्यक्त गरे ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, राजनीति, समाचार
ताजा खबर
- १दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
- २समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी
- ३बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्छन् ? : केपी शर्मा ओली
- ४केही मानिस देशै कब्जा गरिसक्यौं भनेजसरी रमाइरहेका छन्ः प्रचण्ड
- ५नेपालमा विदेशी चलखेल भइरहेको छः डा. शेखर कोइराला



तपाईको कमेन्ट लेख्नुहोस्