Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

अखण्ड भारतमा पाकिस्तानको आपत्ति, बंगलादेशले स्पष्टीकरण माग्ने, नेपाल भने मौन


काठमाडौं । लुम्बिनी र कपिलबस्तुसहितको नेपाली भुभाग समेटिएको अखण्ड भारतको नक्सा छिमेकी देशले आफ्नो संसद भवनमा राख्दा पनी नेपाल सरकार मौन छ । उता विवादास्पद नक्सालाई लिएर पाकिस्तानले आपत्ति जनाएको छ । बंगलादेशले पनी भारतसँग स्पष्टिकरण माग्ने भएको छ । नेपालको कपिलबस्तु र लुम्बिनी समेट्दै भारतले आफ्नो नया संसद भवनमा अखण्ड भारतको नक्सा राखेपछी पाकिस्तान र बंगलादेशले आपत्ति जनाएका छन् । तर नेपाल सरकार भने मौन छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारीक भ्रमण गर्नु अघि नै भारतले यो नक्सा आफ्नो संसद भवनमा राखेको थियो । तर भ्रमणका क्रममा ४ दिन भारतमा बिताउदा समेत प्रधानमन्त्री दाहालले नेपालको भुमि अखण्ड भारतको नक्सामा समेटिएको बिषयमा चुइकक बोलेनन् । बरु कालापानी, लिम्पियाधुरा र लिपुलेकसँग जमिन सट्टापट्टा गर्ने बिषयलाई बहसमा ल्याए । भ्रमणका क्रममा कपिलबस्तु र लुम्बिनीको बिषयलाई जोडतोडका साथ उठाउनु पर्नेमा उल्टै लिपुलेक, लिम्पियाधुरा र कालापानीसँग जमिन सट्टापट्टा गर्ने बिषयलाई बहसमा ल्याएपछी प्रधानमन्त्री दाहालको अहिले चर्को आलोचना भईरहेको छ ।

जमिन सट्टा पट्टा गर्ने विषयमा प्रश्नको ओईरो लाग्न थालेपछी प्रधानमन्त्री दाहालले बारम्बार स्पष्टिकरण दिनुपरेको छ । प्रधानमन्त्री दाहाल र उनको सरकारले अखण्ड भारतको नक्सालाई नजर अन्दाज गरेर जमिन सट्टपट गर्ने आरोपको स्पष्टिकरण दिईरहेको छ । उता पाकिस्तान र बंगलादेशले भने अखण्ड भारतको नक्सामाथी आपत्ति जनाएका छन ।

बंगलादेशले त भारतले आफ्नो संसद् भवनमा राखेको विवादास्पद नक्सालाई लिएर भारतीय विदेश मन्त्रालयसँग प्रष्टीकरण माग्ने भएको छ । यसका लागि बंगलादेशको सरकारले आफ्नो भारतीय मिसनलाई निर्देशन समेत दिइसकेको छ । अखण्ड भारतको नक्सामा नेपालले समेत असहमती जनाउनुपर्ने आवाजहरु उठिरहेका छन् । खासगरी प्रतीपक्ष दलहरुले यो बिषयलाई जोडतोडका साथ उठाईरहेका छन । नेपाल र भारतको सिमा विवाद अहिले मात्र बल्झिएको होईन ।

बिगतमा समेत नेपाली भुमिमा भारत हस्तक्षेप गरेका घटनाहरु धेरै छन । प्रध्यापक लोकराज बराल नेपाल भारत सिमा विवादको समस्या पछिसम्म पनी बल्झिरहने बताउँछन् । गत २८ मेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गरेका थिए । जहाँ राखिएको अखण्ड भारतको नक्साको नेपालमा पनि विरोध भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा यो विषयमा गम्भीरतापूर्वक कुरा नउठाएको भनेर संसदमा समेत आलोचना भईरहेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #छिमेकी देश, #भारतको नक्सा, #लुम्बिनी र कपिलबस्तु

तपाईको कमेन्ट लेख्नुहोस्